सुनवलका भूल ब.रानालाई मगर संसारद्वारा रु.२३,५०० रुपिया आर्थिक सहयोग
जेठ–३०,हेल्लो नेपाल ।
सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले सुनवलका भुल बहादुर रानालाई आर्थिक सहयोग गरेको छ ।
मगर संसार फोटो ग्यालरीले संस्थापक अध्यक्ष अनिल लामिछाने मगरको पहलमा संकलित रु.२३,५०० रुपियाँ रानालाई आर्थिक सहयोग आर्थिक सहयोग गरेको हो ।
नवलपरासी सुनवलका राना रुखबाट लडी शक्त घाइते भएका राना आर्थिक अभावका कारण उपचार गर्न समस्यामा परेका थिए । रानालाई मगर संसारको अपिल मार्फत संकलित रकम मगर संसारका सक्रिय एडमीन प्रिया राना मगर, निर्मला मगर र सुनवलका मगर अगुवाईहरूको उपस्थितिमा सो सहयोग रकम हस्तांतरण गरेको मगर संसारका संस्थापक अध्यक्ष अनिल लामिछाने मगर ले जानकारी दिनुभयो ।
मगर संसार फोटो ग्यालरीले आर्थिक अभावका कारण मगरका समुदायका अप्ठारोमा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आएको छ । ग्यालरीले हालसम्म १०६ जनालाई सहयोग गरिसकेको छ ।