३८ हजार बढी मत ल्याएर विजयी हुन्छु- टिकाराम चापागाईं

कार्तिक–२०,हेल्लो नेपाल ।
रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार टिकाराम चापागाईंले दलभित्र रहेको निरंकुशता तोड्न आफुले स्वतन्त्रमा उम्मेदवारी दिएको बताउनुभएको छ ।
आइतबार देवदहमा पत्रकार सम्मेलन गर्दै चापागाईंले ठूला पार्टीमा नेताहरुको निरंकुशता रहेकाले यसको बिरुद्धमा आफुले उम्मेदवारी दिएको बताउनुभएको हो । कुनै पनि दलले देशको लागी केही काम नगरेको भन्दै उहाले भाषण मात्र गर्ने नेतालाई जनताले पाखा लगाउने दाबी गर्नुभयो ।
चापागाईंले आफुले ३८ हजार बढी मत ल्याएर विजयी हुने जिकिर गर्दै पार्टी सिद्धान्तबाट नभई व्यक्तिगत आकांक्षा अनुरुप चल्नु दुखद भएको बताउनुभयो ।
रुपन्देही क्षेत्र नम्वर १ मा चापागाई सगैँ एमालेका सचिव छविलाल बिश्वकर्मा र गठबन्धनको सहयोगमा घनश्याम भुसाल चुनावी मैदानमा उत्रनुभएको छ ।