मंगलवार, १७ असार २०८२ ०९:५८

१० औं संस्करणको फर्साटिकर फुटबल कप माघ ६ देखि शुरु

मंगलवार, ३ माघ २०७९ १५:४३

शुद्दोधन ।

रुपन्देहीको शुद्धोधनमा शुक्रबार देखि फर्साटिकर कपको १० औं  संस्करण हुने भएको छ । प्रतियोगिताको आयोजक फर्साटिकर युवा क्लब रुपन्देहीले मंगलबार पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी गरेको हो । 

जिल्ला तथा जिल्ला बाहिर सहितका १६ समूहको सहभागिता रहेको प्रतियोगिताको मुख्य प्रायोजक टाईगर्स बुअरी तथा आर्थिक सहयोग शुद्धोधन गाउँपालिकाको रहेको आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुँवरले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले निरन्तर एक दशक सम्म फर्साटिकर कप संचालनमा महत्वपूर्ण सहयोग गर्नुहुने सम्पूर्ण प्रति धन्यवाद ज्ञापन गर्दै खेल अवलोकनका लागि समेत समस्त खेलप्रेमी दर्शक महानुभावहरुलाई आग्रह गर्नुभयो ।

माघ ६ देखि २१ गते सम्म संचालन हुने प्रतियोगिताका खेल संयोजक विष्णु पंगेनीले विजेता टिमले नगद २ लाख ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने गर्ने कुराको जानकारी दिनुभयो । यसैगरी उपविजेता टिमलाई नगद १ लाख २५  हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनुका साथै सेमि-फाइनलिस्ट टिमलाई नगद १५ हजार ५ सय ५५ प्रदान गरिने संयोजक पंगेनीले बताउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै पंगेनीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार ५ सय ५५ रुपैया, गोलकिपर, सर्वाधिक गोलकर्ता लाई समेत ५ हजार ५ सय ५५ रुपैया  नगद सहित कपबाट पुरस्कृत गरिनुका  साथै प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले नगद १५ सय ५५ प्राप्त गर्ने कुरा बताउनु भयो ।

१० औ संस्करणको प्रतियोगितामा फर्साटिकर एकेडेमी, नव युवा खेलकुद तथा सांस्कृतिक परिवार, सुनौलो संगम युवा क्लब, झरना स्पोर्ट्स, जनज्योति युवा क्लब, सौभाग्य युवा क्लब, बर्दघाट नगरपालिका, न्यु युथ युनियन पाल्पा, गोर्खा ब्याइज, भुपु सैनिक युवा क्लब, कपिलवस्तु-११, अठ्ठाईस बिगाहा युवा क्लब, विश्व शान्ति युवा क्लब, लिश्नु युवा क्लब, सम्पुर्ण युवा क्लब, फर्साटिकर युवा क्लब गरि १६ टिम सहभागी हुनेछन् ।

करिब  २० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको उद्घाटन खेल आयोजक फर्साटिकर एकेडमी र नव युवा खेलकुद तथा सांस्कृतिक परिवार, ठुटिपिपलका बिच खेल हुनेछ ।

नवौं संस्करणको विजेता के.बि.ए. ग्लोबल, भरतपुर रहेको थियो ।

Gagal mengambil konten.