शनिबार, ६ बैशाख २०८२ २२:१६

“गुणस्तर शिक्षा सुधार प्रत्यायान (QAA) लाई अंगिकार गर्दै क्याम्पस अघि बढ्दै छ” – क्याम्पस प्रमुख पौडेल

बिहीबार, ३ भाद्र २०७८ १५:३६

भाद्र-३, हेल्लो नेपाल ।

रुपन्देहीको शुद्धोधन–३ मा अवस्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसले स्नात्तकमा बिबिएस र बिएड भर्ना सुरु गरेको छ । Local Institution with Global Standard भन्ने मुल नाराका साथ संचालित क्याम्पसले गुणस्तर शिक्षा सुधार प्रत्यायान (QAA) लाई अंगिकार गर्दै क्याम्पसले स्नाकोत्तर तहमा समेत कक्षा संचालन गरेको छ ।

करिब २ विगाहा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त क्याम्पस २०६० स्थापना भई २०६१ सालमा बिएड र २०६४ देखी बिबिएसका कक्षाहरु संचालन हुदै आएको छ । स्थानीय दानविर द्धय दुधनाथ थारु र रामलखन चौधरी द्धारा क्याम्पस अवस्थित जग्गा प्रदान गरिएको हो । यस क्याम्पसमा देशका पाल्पा,स्याङ्गजा,गुल्मी,बाग्लुङ्ग जिल्ला लगायत स्थानीय सियारी,शुुद्धोधन,मायादेवी र बुटवलका केही वडाहरुबाट पनि विद्यार्थीहरु भर्नाका लागी आउने गरेको क्याम्पस प्रमुख टंक पौडेलले बताउनुभयो ।

उहाँले क्याम्पसमा छात्रवृत्ति, अतिरिक्त क्रियाकलाप,कम्त्युटर ल्याब,आधुनिक खानेपानी प्लान्टका साथै छात्राहरुका लागी सेनेटरी प्याड भेन्डिङ्ग मेसिन सुविधा समेत जानकारी दिनुभयो । त्यस्तै स्नात्तोकर संयोजक शिव अर्यालले करिब ८५० भन्दा बढी विद्यार्थीहरुको बाहुल्यता रहेको यस क्याम्पसले दक्ष जनशक्ति उत्पादन गर्ने अभिप्रायका साथ २०७३ साल देखि स्नाकोत्तर कक्षा संचालान हुदै आएको समेत जानकारी दिनुभयो ।

क्याम्पसमा २८ जना शिक्षक र ७ जना कर्मचारीहरु सेवारत छन् । क्याम्पसले विद्यार्थीहरुको उज्वल भविश्यको सुनिश्चितताका लागी शहर उन्मुख क्षेत्रमा अवस्थित यस यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस लाई नै पहिलो प्राथमिकतामा राखी स्नात्तक तहको बिबिएस र बिएडमा भर्ना हुन क्याम्पस प्रमुख पौडेलले आह्वान गर्नुभएको छ ।