शनिबार, ६ बैशाख २०८२ २२:१४

अध्यादेशको विरोधमा देवदहमा युवा विद्यार्थीको प्रदर्शन

बिहीबार, ३ भाद्र २०७८ १६:२७

भदौ ३, हेल्लो नेपाल।

सरकारले दलफोड अध्यादेश ल्याएको भन्दै त्यसको विरोधमा देवदहका युवाहरुले प्रदर्शन गरेका छन । राष्ट्रिय युवा संघको आयोजनामा भएको प्रदर्शनका क्रममा निस्केको जुलुस नेकपा एमालेको देवदह स्थित पार्टी कार्यालयबाट शुरु भई खैरेनी चोकमा पुगि कोण सभामा परिणत भएको थियो ।

मसाल सहित निस्केको युवाहरुको जुलुसले अध्यादेश फिर्ता गर्न सरकार संग माग गरेका थिए । जुलुसमा सरकारले नालायकीपन देखाएको, व्यवस्था प्रती नै वितृष्णा पैदा हुने वातावरण निर्माण  गरेको , अफगानिस्तान बाट नागरिक उद्धार गर्न वेवास्ता गरेको भन्दै नारा लगाएका थिए ।दवाव दिन हरेक स्थानीय तहबाट पनि विरोधका कार्यक्रम आवश्यक भएकाले आफुहरुले देवदहमा जुलुस प्रदर्शन गरेको युवा संघका जिल्ला कार्यालय सदस्य मधु श्रेष्ठले बताए । उनले भने- युवाहरूको अगुवाईमा भएको प्रदर्शनले निरन्तरता पाउने छ ।

सरकारले  आफुहरुको मागको सुनुवाई नगरेमा आन्दोलनको थप कार्यक्रम तय गरि अघि बढने युवा संघले जनाएको छ । संघका जिल्ला सह- संयोजक विकास गहतराज भन्छन,यो त हाम्रो प्रतीकात्मक प्रदर्शन हो । सरकारले अटेर गरेमा हामी शसक्त ढंगबाट आन्दोलनलाई अघि बढाउने छौ । त्यसै गरि अनेरास्ववियुले पनि अध्यादेशको विरोधमा देवदहमा प्रदर्शन गरेको छ । संगठनका जिल्ला सचिवालय सदस्य अर्जुन गैरेका अनुसार देवदह आदर्श क्याम्पसको गेटमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन । संगठनको देश व्यापी कार्यक्रम अनुसार आफुहरुले पनि देवदहमा विरोध सभा गरेको गैरेले बताए ।