शनिबार, ६ बैशाख २०८२ २२:१५

चर्चित हाँस्य कलाकार शम्भुराज थापाको निधन

शनिबार, ५ भाद्र २०७८ ०६:३१

भदौ–५, हेल्लो नेपाल ।
चर्चित हाँस्य कलाकार शम्भुराज थापाको निधन भएको छ । तीन साता अगाडि कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिए पछि ललितपुरको पाटन अस्पतालमा उपचार गराई रहनु भएका थापाको उपचारकै क्रममा शनिवार निधन भएको हो ।

लामो समयदेखी कलाकारिता क्षेत्रमा सक्रिय थापाले ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘गोलमाल’ ‘हल्का रमाइलो’मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’टेलिसिरियल लगायत चलचित्रमा समेत अभिनय गरेका छन् । उहाँ दर्शकहरु माझ “बखते”नामले चर्चित हुनुहुन्छ ।

कलाकार थापाको श्रीमती, एक छोरी र एक छोरा छन् ।