शनिबार, ६ बैशाख २०८२ २२:१४

खेम बहादुर थापाद्धारा रक्त अल्पताका विरामीलाई आर्थिक सहयोग

आईतवार, ६ भाद्र २०७८ १०:३२

भदौ – ६, हेल्लो नेपाल ।
मानिसको जीवन कति खेर के हुन्छ,कसैलाई केही थाहा हुदैन । आज सकुशल भएको मानिसलाई अर्को दिन जे पनि हुन सक्दछ । हट्टाकट्टा र बलियो मानिस पनि रोग व्याधको सिकार बन्न पुग्दछन । बुढापाकाहरु भन्ने गर्दछ्न, अन्नपानीको शरीर हो , जुनसुकै बेला जे पनि हुन सक्दछ ।त्यस्तै भएको छ  देवदह-६ , शरनवारी निवासी नेत्रबहादुर रानालाई ,मेहनत परिश्रम गरेर बाबुआमा, जहान बच्चाको पालन पोषण गर्दै आएका नेत्रलाई पश्चिम दाङमा बसेर मेहनत मजदुरी गरि रहदा अचानक ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने जस्ता समस्या देखियो ।

काम गर्नै नस्क्ने भए पछि उनलाई युनिभर्सल मेडिकल कलेज भैरहवा लगेर भर्ना गरियो । रक्त अल्पताको समस्या देखिएका उनको आइसियु मा राखेर उपचार भई रहेको छ । घरको न्यून आर्थिक अवस्थाका कारण उनको उपचारमा समस्या भए पछि उनको परिवारले आर्थिक सहयोगको लागि आग्रह गरेको छ ।

यसै क्रममा देवदह नगरपालिका वडा नम्वर ६ का वडा सदस्य खेमबहादुर थापाले नेत्रको उपचारका लागि आर्थिक सहयोग गरेका छ्न । थापाले उनको उपचारमा सहयोग मिलोस भन्ने उद्देश्यका साथ १० हजार १ सय ५० रुपिया दिएका हुन ।

मानिसको जीवन बचाउनु सवै भन्दा ठूलो कुरो भएको भन्दै वडा सदस्य थापाले नेत्रलाई बचाउन आर्थिक सहयोग गर्न सवै संग आग्रह गरे ।

मेडिकल कलेजमा उपचाररत नेत्रका वुवा टोप बहादुर रानाले थापाले उपलव्ध गराउनु भएको आर्थिक सहयोग लिदै आफुहरुले मात्रै उपचार गर्न नसकिने वताए ।
रक्त अल्पता जस्तो देखिने नेत्रको रोगको अझै पहिचान हुन नसकेको र उपचार संगै रोग पत्ता लगाउने प्रयास भई रहेको चिकित्सकले वताएका छन ।

नेत्रलाई प्रत्येक दुई दिनमा ह्वाइट ब्लड दिएर राखिएको छ ।