क्रियाशील सदस्यता वितरणको विवाद चाडो समाधान चाडो गर्नुपर्छ-पौडेल
भदौ–९,हेल्लो नेपाल।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्दै केही कमजोरी त्रुटि भए सच्चाउनुपर्नेमा जोड दिनुभएको छ । बुधबार पार्टी कार्यालय सानेपामा पुगेर जिल्ला सभापतिहरुको धर्नामा ऐक्यवद्धता जनाउँदै पौडेलले आफुले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्न सभापतिलाई दबाव समेत दिएको जानकारी दिनुभयो । सबै तहका पदाधिकारी, वडादेखि क्षेत्र, केन्द्रसम्मकाले क्रियाशील सदस्यता विवरण हेर्न पाउनुपर्ने उहाँको भनाई छ ।
क्रियाशील सदस्यता टुंगो नलागी चुनाव हुन नसक्ने भन्दै पौडेलले चुनाव गर्न भएपनि अहोरात्र खटेर महाधिवेशन गर्नुपर्ने धारणा राख्नुभयो । उहाले अव ढिला नगरी क्रियाशील सदस्यताका विवाद अन्त्य गर्दै तल्लो तहको अधिवेशन टुङ्गाउनुपर्ने बताउनुभयो ।
पौडेल सहित पार्टी अध्यक्ष शेरबहादुर देउवा बीच क्रियाशील सदस्यता विवाद समाधान भएको भनिए पनि पौडेल पक्षका जिल्ला सभापतिहरु अनसनमा बसेका छन् । अनसन बसिरहेका नेता र कार्यकर्ताहरुका मागमा ऐक्यबद्धता जनाउन नेता पौडेलका साथै प्रकाशमान सिंह, शशांक कोइराला लगायतका नेताहरु सानेपा पुगेका हुन् ।