शनिबार, ६ बैशाख २०८२ २३:१६

पुल भासिएको लामो समय वित्दा समेत सरकारले सडक सुचारु गर्न नसक्नु लज्जाको विषय-विश्वकर्मा

मंगलवार, १५ भाद्र २०७८ १४:१०

भदौ १५,हेल्लो नेपाल ।

पुर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको एक हप्ता वितिसक्दा समेत सडक सुचारु हुन नसकेको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले ध्यानाकर्षण भएको बताउनु भएको छ । देवदहको घोडाहा खोलाको पुल भासिएको लामो समय वित्दा समेत सरकारले सडक सुचारु गर्न नसक्नु लज्जाको विषय भएको उहाँले बताउनु भयो ।

भासिएको पुलको अवलोकन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य विश्वकर्माले सडकमा सवारी आवागमन ठप्प हुदा सर्वसाधारणको जनजीवन प्रभावित बनेको भन्दै त्यसलाई सरकारले तत्काल सहज बनाउनु पर्नेमा जोड दिनु भयो । सडक डिभिजन कार्यालय वुटवलका प्राविधिक ईञ्जीनियरलाई समेत पुल अवलोकनमा सहभागी गराई उहाँले वैकल्पिक व्यवस्था गरि तत्काल यातायात सुचारु गराउन आग्रह गर्नु भएको थियो ।

यातायात सेवा ठप्प भएका कारण नागरिकलाई भएको असहजताको वारेमा ध्यान दिनु पर्नेमा जोड दिदै पुर्व मन्त्री विश्वकर्माले धेरै दिन सम्म यस्तै अवस्था रहे जनताको धैर्यताको वाँध टुटेर जाने बताउनु भयो । उहाँले भन्नु भयो,जनतालाई सेवा र सुविधा दिनु राज्यको दायित्व हो तर यहाँ राज्यले जनतालाई सेवा र सुविधा होईन सास्ती मात्रै दिई रहेको छ । त्यसै गरी सोही अवसरमा वोल्दै नेकपा एमाले रुपन्देहीका ईञ्चार्ज दधिराम न्यौपानेले पुलको वैकल्पिक व्यवस्था गरेर आवागमनलाई सहज बनाउन समेत नसक्ने सरकारप्रति जनताको विश्वास नरहेको दावी गर्नु भयो ।

यतिका दिन वित्दा समेत सडक सुचारु गर्न नसक्नेहरुले देशको विकास गर्न सक्छन भन्ने कसरी विश्वास गर्न सकिन्छ ? उहाँले भन्नु भयो । सो अवसरमा सडक जिन कार्यालय ,वुटवलका ईञ्जीनियर अशोक पौडेलले वर्षात रोकिएको एक हप्तामा डाइभर्सन निर्माण गरि यातायात सुचारु गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो,सडक ठेक्का भई सकेको अवस्थामा यसको जिम्मेवारी ठेकेदार कम्पनीको भएकोले ठेकेदारसँग यस विषयमा छलफल भएको ईन्जीनियर पौडलले जानकारी दिनु भयो । पौडेलले घोडाहा खोलामा डाईभर्सन निर्माण गर्ने र सुनवल स्थित तुरिया खोलामा वेलीव्रिज राख्ने तयारी भएको बताउनु भयो ।