शनिबार, ६ बैशाख २०८२ २३:१८

गुट समाप्त पारि महाधिवेशनलाई सम्पन्न गर्नु प्रर्छः सचेतक निर्मला क्षेत्री

शुक्रबार, १८ भाद्र २०७८ १४:०५

भदौ–१८,हेल्लो नेपाल ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्री चौधौँ महाधिवेशनलाई गुट र उपगुट समाप्त पारी सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।आज मालारानी गाउँपालिकाको वडा नम्बर ५ को वडा अधिवेशनमा क्षेत्रीले यस्तो बताउनुभएको हो । जनताको भावना र लोकतन्त्रलाई बलियो बनाउन काङ्ग्रेसको विकल्प नभएको बताउदै स्थानीय तह देखि केन्द्रसम्म सहकार्य,एकता र सहमति का साथ अघि बढ्ने बताउनुभएको छ । क्षेत्रीले कांग्रेसबाट निर्वाचित हुनुभएका मालारानी ५ का वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिलाई बधाई समेत दिनुभएको छ । जसमा समणिराम खनाल सभापति ,उपसभापतिमा कृष्णप्रसाद भुसाल,,टामलाल भुसाल ,सचिवमा चन्द्रा बस्नेत ,नारायण बहादुर कुवँर लगायतको नयाँ वडा कार्यसमिती गठन गरिएको क्षेत्रीय प्रतिनिधी नारायण भुसालले जानकारी दिनुभयो ।