आईतवार, २२ असार २०८२ ०७:३६

राप्रपा नेता बोहोराको पहलमा सियारीमा स्वास्थ्य सामाग्री वितरण

सोमबार, ७ असार २०७८ ०३:२९

सियारी, रुपन्देही

रुपन्देहीको सियारी गाउँपालिकामा संचालित अस्थायी अमवा कोभिड अस्पताललाई प्रतिमान निमा स्मृति प्रतिष्ठानका उपाध्यक्ष ,राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पुर्बस्वास्थ्यमन्त्री दिपक बोहराको विशेष पहलमा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ।उक्त स्वास्थ्य समाग्री आइतबार एक विशेष कार्यक्रमका बिच यस महामारीको असहज परिस्थिति मा कोरोना बिरामी र स्वास्थ्य कर्मीहरुलाई सहज होस भन्ने उदेश्यका साथ अक्सिजन सिलिन्डर ५ थान,अक्सिजन कन्सट्रेटर १० लिटरको १ थान,अक्सिजन रेगुलेटर ५ थान , पि पि इ ५० थान,सर्जिकल माक्स १००० थान,फेस शिल्ड ५० थान, सर्जिकल क्याप ५० थान,सेनिटाइजर ५० लिटर प्रदान गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक स्वती थापा , डाइरेक्टर धर्म बहादुर के सि,राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष सागर प्रताप राणाले संयुक्त रुपमा सियारी गाउँ पालिका अध्यक्ष अयोध्या प्रसाद थारु, अस्थायी कोभिड अस्पताल संयोजक दिपेन्द्र रिजाल ,स्वास्थ इकाइ संयोजक बुद्धि बहादुर घर्ती लाई हस्तान्तरण गर्नुभएको थियो ।स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा राप्रपा जिल्ला सदस्य जोगराज अधिकारी , क्षेत्र ३ अध्यक्ष प्रेम नारायण चौधरी, सह सचिव शंकर बहादुर कार्की,सदस्यहरु अमित गुरुङ, अमृता लामा, प्रदेश ३ ख सदस्य राम भजन यादव ,सियारी गाउँ कमिटी अध्यक्ष भोला प्रसाद थारु, बरिस्ठ उपाध्यक्ष माया रोका, सचिब शिव प्रसाद चौधरी, युवक संगठन जिल्ला सभापति शंकर खत्री , वडा १ सदस्य धनराज शर्मा , लक्ष्मी मल्लको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका प्रतिनिधि रिषी पौडेलले गर्नु भएको थियो।

Gagal mengambil konten.