शनिबार, ६ बैशाख २०८२ १७:३१

रुपन्देहीको सियारीमा अनेमसंघको गाउँ सम्मेलन सम्पन्न

बिहीबार, ७ आश्विन २०७८ १६:४९

असोज ७, हेल्लो नेपाल ।


हकहित र अधिकार प्राप्तिका लागि सम्पूर्ण महिलाहरु अखिल नेपाल महिला संघमा आवद्ध हुनु पर्ने रुपन्देहीको सियारी गाउपालिकामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छ्न ।  अनेमसंघको सातौं गाउँ सम्मेलनमा बोल्दै उनीहरूले  राष्ट्र निर्माणका लागि महिलाहरुको पनि योगदान जोडिएको बताउँदै राष्ट्रबाट प्राप्त हुने अधिकार महिलाहरुको लागि हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी संघकी  केन्द्रीय सदस्य गुमा देवी आचार्यले महिलाहरु कमजोर हुन्छ्न भन्ने मान्यता बोक्ने समाजलाई महिला कमजोर होइन पुरुष बराबर सक्षम हुन्छ्न भन्ने पुष्टि गर्न आफुहरु लाग्नु पर्ने बताउनु भयो ।  बुटवल उपमहानगर पालिकाकी उप- प्रमुख समेत रहनु भएकी आचार्यले राजनीतिक रुपमा महिलाहरु कमजोर नरहेको भन्दै राजनीतिक सक्रियताका साथ अघि बढन सवै महिलाहरुलाई आग्रह गर्नु भएको थियो । प्रमुख अतिथी आचार्यले पुरुष र महिला रथका दुई पाङ्ग्रा भएकाले समाजको विकासमा दुवैको समान सहभागिता आवश्यक रहने औंल्याउनु भएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य अयोध्या थारुले महिलाहरुले राजनीतिमा हस्तक्षेपकारी भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो । पुरुष मात्रै सबल र सक्षम बन्दा समाजको रुपान्तरणमा योगदान पुग्न नसक्ने बताउदै उहाले अबका दिनमा महिलाहरुले पनि युगान्तकारी भुमिका निभाउदै अघि बढनु पर्ने बताउनु भयो ।

संघकी जिल्ला सदस्य ईन्दिरा अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा संघकि केन्द्रिय सदस्य लक्ष्मी कोईराला, केन्द्रीय सदस्य अमृता गुरुङ,पम्फावती खनाल, ममता पौडेल, गङा कार्की नेकपा एमालेका जिल्ला सदस्य तथा सियारी गाउँ कमिटीका अध्यक्ष खेमराज गुरुङ, युवा नेता रामजी प्रसाद सापकोटा  लगायतले बोल्नु भएको थियो ।