अनेरास्ववियु देवदहको दोस्रो नगर अधिवेशन सम्पन्न

असोज ११ , हेल्लो नेपाल ।
अनेरास्ववियु देवदह नगर कमिटीको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा बोल्ने वक्ताहरुले विद्यार्थीहरुले शैक्षिक क्षेत्रका अतिरिक्त समाजका हरेक क्षेत्रका विकृती र विसङतिका विरुद्ध आवाज उठाउनु पर्ने बताएका थिए ।
विद्यार्थीहरु सचेत र जागरुक वर्ग भएकाले समाजमा हुने सकारात्मक पक्षको समर्थन र नकारात्मक पक्षको आलोचना गर्नु पर्नेमा समेत उनीहरुले जोड दिएका थिए । यो जटिल र विषम परिस्थितिमा विद्यार्थीहरुले शैक्षिक गतिविधी संचालन गर्दै समाजका हरेक वर्गलाई जागरुक बनाउन अभियान संचालन गर्नु पर्ने समेत कार्यक्रममा वोल्ने बक्ताहरुले बताएका थिए ।
उनीहरुले शिक्षाको नाममा शैक्षिक संस्थाहरुले गर्ने आर्थिक शोषणका विरुद्धमा संगठित आवाज उठाउन विद्यार्थीहरुलाई सुझाएका थिए ।
संगठनका देवदह अध्यक्ष सुरज भट्टराईको अध्यक्षतामा भएको अधिवेशनमा संगठनका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेस कमिटी अध्यक्ष सरोज पोख्रेल, केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे,लेखनाथ न्यौपाने , नेकपा एमाले जिल्ला सदस्य तथा देवदह नगर कमिटी अध्यक्ष प्रकाश अर्याल, अनेरास्ववियुका जिल्ला संयोजक तथा केन्द्रीय सदस्य साजन भण्डारी , केन्द्रीय सदस्यहरु कृष्ण पौडेल,नवीन सारु,प्रवीण गौडेल लगायतले बोल्नु भएको थियो ।
अधिवेशनले अशोक गैरेको अध्यक्षतामा ६१ सदस्यीय नगर कमिटी चयन गरेको जिल्ला सदस्य अर्जुन गैरेले जानकारी दिएका छ्न ।