शनिबार, ६ बैशाख २०८२ ०६:२०

नेकपा एमालेको १० बुँदे सहमतिको केहि बुँदा कार्यान्वयन भयो : भीम रावल

बुधबार, १३ आश्विन २०७८ ०७:४९

असोज १३, हेल्लो नेपाल ।

नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठकले सहमति कार्यान्यमा देखिएका समास्यालाई समाधान गर्ने बिषयमा छलफल गरेको छ ।

एमाले पार्टी कार्यालय बबरमहलमा मंगलबार बसेको बैठकमा १० बुँदे सहमतिको केहि बुँदा कार्यान्वयन भइसकेको र सहमतिका अन्य बुँदाको कार्यान्वयन गर्ने बिषयमा छलफल भएको कार्यदल संयोजक भीम रावलले जानकारी दिनुभयो ।

त्यस्तै बैठकमा बिधान महाधिवेशनमा हुने प्रतिनिधित्वका बिषयमा देखिएका समस्याहरुलाई समाधानका लागि छलफल भएको उहाले बताउनुभयो । बिधान महाधिवेशनमा प्रतिनिधित्वका लागि उपयुक्त बिधि र संरचनागत समाधानका बिभिन्न उपायहरुमाथि छलफल भएको रावलले बताउनुभयो ।

कार्यदलमा महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहनुभएको छ ।