शुद्धोधन वडा न.५,६,७ मा युवा संघद्वारा कमिटी गठन

असोज २०, हेल्लो नेपाल ।
राष्ट्रिय युवा संघ नेपालको वडा भेला शुद्धोधन गाउँपालिकाको विभिन्न वडामा सम्पन्न भएको छ । भेलामा वोल्दै नेकपा एमालेका शुद्धोधन गाउँ कमिटीका अध्यक्ष नर बहादुर घर्तिले एमालेकोे नेतृत्वमा मात्रै राष्ट्रको विकास संभव भएको बताउनु भयो । राष्ट्रियता र स्वाभिमानको पक्षमा एमाले वाहेक अन्य दलले ध्यान दिन नसकेको बताउँदै घर्तिले नेपाल र नेपाली जनताको विकासमा एमालेको अगुवाई आवश्यक रहेकोमा जोड दिनु भयो । युवा शक्ति राष्ट्रको मेरुदण्ड भएकाले उचित नीति र विचारको पक्षमा गोलवन्द भएर युवाहरु अघि बढ्नु पर्ने बताउँदै पार्टीका जिल्ला कमिटी सदस्य समेत रहनु भएका घर्तिले नयाँ सोंच र चिन्तनका आधारमा अघि बढ्न युवाहरुलाई आग्रह गर्नु भएको थियो । युवा संघको भेलाले शुद्धोधनको वडा नं ५ मा किरण चौधरी अध्यक्ष रहेको ४१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा घनश्याम भुसाल र पुनम कुमारी थारु,सचिवमा अनिल भण्डारी,सहसचिव राजेश यादव र कोषाध्यक्षमा सुरज विक चयन भएका छन । त्यसै गरी वडा नं ६ मा शेर बहादुर घर्तिको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा सुनिल हरिजन र दया शंकर लोध,सचिवमा कमल खरेल,कोषाध्यक्षमा विक्रम खरेल,सहसचिवमा गोमा गौतम चयन भएका छन । शुद्धोधन ७ मा उमाकान्त थारुको अध्यक्षतामा ४१ सदस्यीय संघको वडा कमिटी गठन भएको छ जसको उपाध्यक्षमा राजेश चौधरी,सचिव रामकुमारी चौधरी, सहसचिवमा पन्नालाल यादव र कोषाध्यक्षमा किशोर कुमार चौधरी रहेका छन ।