नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द ’विरजंग’ प्रति कपिलवस्तुमा श्रद्धाञ्जली अर्पण

असोज ३०, हेल्लो नेपाल ।
उपचारका क्रममा निधन हुनुभएका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द ’विरजंग’ प्रति कपिलवस्तुमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।
उहाँ नेकपाका महासचिव नेत्र विक्रम चन्दका सहोदर जेठा दाजु हुनुहुन्छ । लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका उहाँको भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा शुक्रबार निधन भएको थियो । केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा हुनुभएका उहाँको कारागारमा पटक–पटक अस्वस्थ भएपछि भारतमा उपचार गरिएको थियो ।
निधन पश्चात् उहाको पार्थिव शरिरलाई कपिलवस्तुको शिवगढी ल्याई शनिवार श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । कपिलवस्तु शिवगढी स्थित घरमा नेकपा महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता र अन्य राजनीतिक दलका नेता कार्यकर्ता जनसमुदायले फुल माला लगाई श्रद्धाञ्जली व्यक्त गरेका थिए । रोल्पामा जन्मनुभएका उहाँ पछिल्लो समयदेखि बसाइसराइ गरेर कपिलवस्तु जिल्लाको शिवराज गढीमा बस्दै भएको थियो । ६१ वर्षीय उहाँको दुई छोरा र एक श्रीमती हुनुहुन्छ ।