सियारीको आ.ब. २०७८/०७९ को निति तथा कार्यक्रम सार्वजनिक

तुलसी राम पौडेल
सियारी, असार ९
रुपन्देहीको सियारी गाउपालिकाको गाउपालिकाको नवौं गाउ सभामा आर्थिक बर्ष २०७८/०७९ को निति तथा कार्यक्रम पारीत भएको छ। गाउ सभाका सभा अध्यक्ष अयोध्या प्रसाद थारुले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।गाउपालिकाले स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेको छ। स्वास्थ्यलाई प्राथमिकतामा राखि स्वास्थ्य केन्द्रित कार्यक्रमहरु बनाइ स्वास्थ्यसग जोडी कार्यक्रम संचालन गर्ने निति लिइएको छ।कोभिडको महामारीको कारणले स्वास्थलाई प्राथमिकतामा राख्नुपरेकोले नारालाई परिवर्तन गरिएको छ।आर्थिक वर्ष ०७८/०७९ मा ” स्वास्थ्य ,शिक्षा ,कृषि ,पर्यटन र पुर्वाधार ,समृद्ध सियारीको मुल आधार भन्ने नारा तय गरिएको छ।पहिलो गाउ सभाले “शिक्षा ,स्वास्थ्य,कृषि र पर्यटन र पूर्वाधार ,समृद्ब सियारीको मुल आधार भन्ने नारा तय गरिएको थियो ।

आर्थिक ,सामाजिक रुपान्तरणका माध्यमबाट विद्दमान गरीबी ,असमानता तथा बेरोजगारीको अन्त्य गर्दै स्वास्थ्य ,समृद्ध ,आधुनिक तथा सुन्दर गाउपालिका निर्माण गर्ने गाउपालिकाको दीर्घकालीन सोच रहेकोे छ ।त्यसै गरी गाउपालिकामा रहेको विद्दमान बेरोजगारी ,वहु आयामिक गरीबी र असमानता घटाई आर्थिक र सामाजिक रुपान्तरण गर्ने गाउपालिकाको उद्देश रहेकोे छ।
गाउपालिकाले स्वस्थ्य समाज निर्माण गर्न सबैलाई खोपको पहुँच पुर्याउन पहल गर्ने निति लिइएको छ।सरकारी स्वास्थ्य सस्थाहरुलाई सुदृढ एवं सुविधा सम्पन्न बनाउदै ७० वर्ष माथिका उमेर समुहका जेष्ठ नागरिक ,अपांगता र विपन्न भएकाहरुको आधारभुत स्वास्थ्य सेवा घरमै प्रदान वयवस्था मिलाउने कार्यलाई निरंतरता दिइनेछ ।सबै सामुदायिक विद्यालयहरुमा खानेपानी र ईन्टरनेटको व्यवस्था गरिनेछ।कोभिड -१९ को सक्रमणबाट निधन भएका व्यक्तिहरुका छोराछोरीहरुलाई मावि तहसम्म अध्यनका लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ।
ग बर्गका पहेँलो कार्ड प्राप्त सरकारी सेवा सुविधा प्राप्त गर्न नसकेका अपांग व्यक्तिहरुको लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिने छ।सुरक्षीत खानेपानी ,सरसफाइ ,शिक्षा र स्वास्थ्य र पर्यटन सम्बन्धि चेतनाको स्तरोन्नति गरी दीर्घकालीन लक्ष्य प्राप्त गरिने निति लिइनेछ।कृषि क्षेत्रको आधुनिकरणको लागि कृषि तथा पशु यान्त्रीकरणलाई निरंतरता दिइनेछ।सामुदायिक र सहकारी मार्फत कृषि निति लागु गरिने छ।व्यावसायिक माछापालनमा जोड दिई माछाबाट हुने उत्पादनको विविधिकरण गर्ने निति लिइनेछ।विदेशबाट फर्केका युवाहरूलाई युवा स्वरोजगारी कार्यक्रम संचालन गर्ने निति लिइएको छ।

जस अन्तरगत सामुहिक खेतिको अवधारणालाई अगाडि बढाइने छ।केरा पकेट क्षेत्रमा जोड दिइनेछ।गाउपालिकामा कृषिको समस्या समस्या समाधानको लागि किसान कलसेन्टरको व्यवस्था गरिनेछ।कोभिड -१९ को प्रभावबाट सुरक्षित राख्न शिक्षक र बालबालिकालाई खोपको प्राथमिकतामा राखिनेछ।
कोभिड -१९ को प्रभावमा पनि विभिन्न सिकाइ केन्द्र स्थापना गरी जुम ,भर्चुअल र अनलाइनको माध्यमबाट पठनपाठनको बैकल्पिक व्यवस्था गरिनेछ।शिक्षामा गाउपालिकाको तर्फबाट आन्तरिक श्रोतबाट दिइने अनुदानलाई कायमै राखिनेछ।कक्षा ९ देखि १२ कक्षा सम्म प्राविधिक शिक्षा संचालन भएका विद्यालयहरुमा रकम अनुदान व्यवस्थित गर्ने निति लिइनेछ।
शिक्षकहरुलाई सूचना प्रविधि मैत्री बनाउन आवश्यक कार्यक्रम संचालन गरिनेछ।सियारी गाउपालिकामा रास्टिय स्तरको खेलकुद मैदानको निर्माण कार्यको थालनी गरिनेछ।नैतिक शिक्षाको कार्यक्रमलाई निरंतरता दिइ नैतिक शिक्षा लागु भएका विद्यालयहरुमा कार्यक्रम संचालन गर्ने हलको लागि प्राथमिकता दिइनेछ।लागु औषधि दुर्व्यसनि सम्बन्धि सचेतना कार्यक्रमहरुलाई जोड दिइनेछ।थारु सग्रालयको स्थापना गरिनेछ।जेष्ठ नागरिक ,असहाय बिपन्न व्यक्तिहरुका लागि निशुल्क स्वास्थ्य विमालाई निरंतरता दिइनेछ।गरिब असहाय अति विपन्नका लागि छुट्टै सहायता कोष बनाइनेछ। १५ शैयाको अस्पताल निर्माण कार्यको थालनी गरिनेछ।सियारी वासिहरुका लागि आवश्यकता अनुसार निशुल्क रगत उपलब्ध गराइने व्यवस्था मिलाइने छ।सियारी गाउपालिकाका मुख्य घाटहरुमा शवदाह गृह निर्माण गरिनेछ।गाउपालिकाभित्र रहेका दीर्घरोगिहरुको आवश्यक तथ्यांक संकलन गरी निशुल्क औषधि वितरणको व्यवस्था मिलाइने छ।अस्थायी कोभिड अस्पतालका लागि आवश्यक उपकरणको व्यवस्था मिलाइनेछ।एक घर एक धारा कार्यक्रमको घोषणा गरिनेछ।


सुविधा सम्पन्न प्रसुतिकेन्द्रको व्यवस्थालाई निरंतरता दिइनेछ।गुणस्तरीय स्वास्थ्यसेवाको लागि प्रयोगशालाको व्यवस्था गरिनेछ।जनतासग स्वास्थ्य कार्यक्रम भन्ने नाराका साथ प्रत्येक जनताको स्वास्थ्यमा पहुच पुर्याउन लगानि वृद्धि गरिनेछ।५ बर्ष मुनिका विपद र कुपोषित सबै बालबालिकाहरुलाई पोषण युक्त खानेकुराको व्यवस्था मिलाइनेछ।जेष्ठ नागरिक र अशक्त व्यक्तिलाई स्वास्थ्य घुम्ति टोलि खटाइ टोल टोलमा गैइ स्वास्थ्य जाच र उपचार निशुल्क एवं एम्बुलेन्स सेवा व्यवस्थालाई निरंतरता दिइनेछ।न्यायिक समितिको क्षमता वृद्धि गर्ने कार्यक्रम संचालन गरिनेछ।सबै वडामा मेलमिलाप केन्द्रको स्थापना गर्न मेलमिलाप कर्ताहरुको तालिम ,तालिम प्राप्त भएकाहरुलाई पुनर्ताजगी तालिमको व्यवस्था मिलाइने छ।जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना र संचालन गर्ने निति लिइनेछ।


अपाङ्ग मैत्री समरचना निर्माणमा जोड दिइने छ।७० वर्ष माथिका जेष्ठ नागरिक अपाङ्ग भएका व्यक्ति र अति विपन्नहरुलाई मोतियाविन्दुको निशुल्क अप्रेसन सेवा प्रदानलाई निरंतरता दिइनेछ।चालु आर्थिक वर्षमा कोभिड -१९ का कारण बन्दा बन्दि हुदा व्यापार व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परेकोले आगामी आर्थिक वर्षको असोजमसान्त भित्र व्यवसाय करमा २५% छुटको व्यवस्था मिलाइनेछ।साथै नया व्यबसाय दर्ता गर्ने व्यावसायिलाई आगामी आर्थिक वर्षको असोज मसान्तसम्म दर्ता शुल्क निशुल्क गरिनेछ।विपन्न नागरिकहरुका लागि सियारी जनता आवास निर्माण कार्यक्रमलाई निरंतरता दिइनेछ।कोरोना भाइरसको सक्रमणबाट बच्न बचाउनको लागि प्रमुख कार्य सम्झी गाउपालिकाले कार्यक्रम र व्यवस्था तय गरिनेछ।

