शनिबार, ६ बैशाख २०८२ १७:३३

गठबन्धनले बनायाे ११ सदस्यीय समन्वय समिति, पहिलाे २ महिनाकाे संयाेजक रामचन्द्र पाैडेल

सोमबार, २२ कार्तिक २०७८ १५:०५

कार्तिक २२, हेल्लो नेपाल ।

सत्ता गठबन्धनले   सरकारलाई सहयोग गर्न समिति बनाएको छ।
सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकले समिति संयोजकमा रामचन्द्र पौडेललाई राख्ने निर्णय गरेको सञ्चार तथा सूचना मन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे ।गठबन्धन ५ दलबाट २/२ जना गरी १० र एक मन्त्रीसहित ११ सदस्यीय समिति बनाइएको उहाले जानकारी दिनुभयाे ।
समितिमा कांग्रेसबाट कृष्ण सिटौला र मन्त्रीबाट ज्ञानेन्द्र कार्की सदस्य छन् भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ सदस्य छन्।


नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सदस्य रहेको कार्किले बताउनुभयाे ।दुई-दुई महिनामा संयोजक परिवर्तन हुने उहाले जानकारी दिनुभयाे ।

यो संयन्त्रको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने उहाकाे भनाइ छ । उक्त समितिले राष्ट्रियसभा रिक्त सदस्य निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनमा मिलेर जानेबारे गृहकार्य गर्ने बताइएकाे छ ।