शनिबार, ६ बैशाख २०८२ १७:२५

केपी शर्मा ओली : गरिवीबाट उम्मुक्ति नै खेल बिकासको पूर्वसर्त

सोमबार, ६ मंसिर २०७८ ०५:०१

मंसिर ६, हेल्लो नेपाल ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिवीबाट उम्मुक्ति नै खेल बिकासको पूर्वसर्त भएको बताउनुभएको छ ।

नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गरिवी हटाउने, पछौटेपन हटाउनुपर्ने भन्दै गरिवीबाट उम्मुक्ति खेल बिकासको पूर्वसर्त भएको बताउनुभएको हो । उहाले प्रयाप्त लगानी नभए खेल क्षेत्रको प्रतिफल सोचेजस्तो हुन नसक्ने जिकिर गर्नुभयो ।

उहाले खेलले मानव शरीरलाई स्वस्थ बनाउन मद्दत गरेजस्तै बिग्रेको देशलाई पनि खेल क्षेत्रले सुधार्ने धारणा राख्नुभयो । त्यस्तै अध्यक्ष ओलीले आफ्नो सरकारले खेलको बिकास बिद्यालयतहबाटै गर्ने नीति ल्याएको स्मरण गराउनुभयो ।
ओलीले खेल क्षेत्रको विकासका लागि खेलाडीको गाँस र बासको चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गर्नुभयो ।