आईतवार, ७ बैशाख २०८२ ०५:२३

बुटवल उपमहानगरपालिका-७, मनकामना टोलमा शिशु संसार (बेवी ल्याण्ड) संचालनमा

बुधबार, १५ मंसिर २०७८ १६:२९

मंसिर १५, हेल्लो नेपाल ।

बुटवल उपमहानगरपालिका-७, मनकामना टोलमा शिशु संसार (बेवी ल्याण्ड) को संचालनमा आएको छ । बुधबार बेवी ल्याण्डको एक कार्यक्रमका बीच भारतका चर्चित फेशन डिजाईनर सिमरन पाण्डेले उद्घाटन गर्नुभयो ।


फेशन डिजाईनर पाण्डेले उदघाटन कार्यक्रममा शुभकामना दिँदै व्यस्त दैनिकी हुनेहरुका लागी शिशु संसार (बेवी ल्याण्ड) ले बेबी आइटम किनमेल गर्न आउने ग्राहकहरुको समयको बचत गराउनुको साथै गुणस्तरीय सामग्री सुपथ मुल्यमा सेवा उपलब्ध गराउने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै शिशु संसार (बेवी ल्याण्ड)का संचालक मनिषा न्यौपानेले अहिलेको आधुनिक समयको माग अनुसार नवजात शिशु देखी १० वर्ष सम्मका बालबालिकालाई आवश्यक पर्ने कपडा, खेलौना, डाईपर तथा अन्य आवश्यक सरसामानहरु सुपथ मुल्य उपलब्ध गराउने उद्देश्यले उक्त बेवी ल्याण्ड संचालनमा ल्याइएको जानकारी दिनुभयो ।

२५ लाखको लागानीमा खोलिएको उक्त शिशु संसारको उद्घाटनमा पाल्नुहुने सम्पुर्ण ग्राहक वर्गलाई विशेष छुटका साथै उपहारहरु समेत प्रदान गर्ने न्यौपानेले बताए।