शनिबार, ६ बैशाख २०८२ १७:२९

बाग्मती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले दिए सभापतिमा उम्मेद्धवारी

बिहीबार, १६ मंसिर २०७८ ०२:३९

मंसिर १५, हेल्लो नेपाल ।

नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा गर्नुभएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बानियाँले आफ्नो उम्मेद्धवारी घोषणा गर्नुभएको हो । उहाको उम्मेद्धवारीको प्रस्तावकमा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा र समर्थकमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा रहनुभएको छ । बानियाँले बाग्मती प्रदेशको उन्नती र प्रगतिको लागि आफूले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाउनुभयो । बानियाँले बाग्मती प्रदेशमा कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी भएको र अझै आगामी दिनमा झनै जनताको पक्षमा खरो उत्रिने पनि बताउनुभयो ।

उहाले बाग्मती प्रदेशमा रहेका ५५ लाख जनताको सुख, सुमृद्धिको लागि आफूले दत्तचित्त भएर काम गर्ने पनि बताउनुभयो ।