माओवादी केन्द्र शुद्धोधनको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा रुक्मागत खनाल

मंसिर १६, हेल्लो नेपाल ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र शुद्धोधन गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ।
अधिबेशनले रूक्मागत खनाल हिमालको अध्यक्षतामा ४७ शुद्धोधन मुल कमिटी गठन गरेको छ । त्यस्तै कमिटीको उपाध्यक्षमा पोषराज खनाल महेश र गोविन्द चौधरी चयन भएका छन् । यसै गरी सचिवमा सम्भु चौहान, सह सचिवमा अर्जुन कुमार थापा क्षेत्री, कोषाध्यक्षमा शारदा घिमीरे निर्वाचित भएका छन् ।

कार्यक्रम पार्टी गाउँपालिका प्रमुख रूक्मागत खनालको अध्यक्षता, जिल्ला समन्वय सदस्य ज्ञान प्रसाद भुर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा संविधान सभा सदस्य सोनिया यादव, जिल्ला समन्वय सदस्य एब क्षेत्र नम्बर 3 का संयोजक दिनेश अर्याल,केन्द्रीय सल्लाहकार पाण्डब बहादुर थापा ,जनयुद्ध का घाईते अपाङ्ग नेता पोषराज खनाल महेश,ओम प्रकाश ठाकुर,अ ने मा संघ क्रान्तिकारी शुद्धोधन अध्यक्ष शारदा घिमीरे ,लक्ष्मि प्रसाद पौडेल, कुलानन्द चालिसे लगायतको सहभागी रहेको थियो ।
कार्यक्रम सम्भु चौहानको संचालनमा सम्पन्न भएको थियो ।