नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान कार्य सम्पन्न

मंसिर १६, हेल्लो नेपाल ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान कार्य सम्पन्न भएको छ । भैरहवास्थित महेन्द्र सभागृहमा नयाँ नेतृत्व चयनका लागि बिहान ११ बजेबाट सुरु भएको मतदान कार्य बेलुका ६ बजे सम्पन्न भएको हो ।
संस्थापन पक्षबाट भरतकुमार शाहको नेतृत्वमा प्यानल र संस्थापनइतरबाट रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल चुनावी मैदानमा रहेको लुम्बिनी प्रदेशमा कुल १ हजार ६ सय ७० मतदाता मध्ये १ हजार ६ सय ३१ मत खसेको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिनुभयाे । गृहमन्त्री बालकृष्ण खाँणले पहिलो मतदान गरेका थिए ।