शनिबार, ६ बैशाख २०८२ १८:३६

राष्ट्रिय युवा संघ द्वारा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

आईतवार, २५ पुष २०७८ ०३:०९

पुष २५, हेल्लो नेपाल ।

शुध्दाेधन गाउँ पालिका १ रुपन्देही शिशै माविकाे प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय युवा संघ नेपाल शुध्दाेधन गाउँ पालिका १ काे आयोजनामा र यूनिभर्सल कलेज अफ मेडिकल साईन्सेस,भैरहवा,शुध्दाेधन गाउँ पालिकाकाे कार्यालय मानपकडी रुपन्देही,र शुध्दाेधन इन्सेक परिवारको सहयोगमा भएको हो।राष्ट्रिय युवा संघ नेपाल शुध्दाेधन १ का अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा र शुध्दाेधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीको प्रमुख्यातामा र राष्ट्रिय युवा संघ जिल्ला सदस्य हेमन्त थापा रनेयोरा प्रहरी कार्यालय प्रमुख जीवन लामिछानेको विशिष्टता भएको कार्यक्रममा यूनिभर्सल कलेज अफ मेडिकल साईन्सेस भैरहवाका कोर्डनेटर तेजकुमार केसीले कार्यक्रममाथि प्रकाश पार्दै यश शिविरमा आउनुभएका बिरामीहरू लाई रगतको परिक्षण गरिएका रिपोर्ट लिनका लागि यूनिभर्सल कलेज अफ मेडिकल साईन्सेस भैरहवा बाट बस को व्यवस्था गरिने र बिरामीहरुलाई राम्रो चेकजाँच गरि थप उपचार शुल्कमा २०%छुट हुने। केसीले बताए।

शुध्दाेधन गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख कार्यक्रमका प्रमुख अतिथि समीर भण्डारीले राष्ट्रिय युवा संघ नेपाल शुध्दाेधन १ युवाहरूले अति राम्रो कार्य गरेकोमा धन्यवाद दिदै यूनिभर्सल कलेज अफ मेडिकल साईन्सेस भैरहवा र शुध्दाेधन स्वास्थ्य शाखा शीत सहकार्य गरि अगामी दिनहरूमा पनि पालिका स्तरीय निःशुल्क स्वास्थ्य शिविर गरिने समीर भण्डारीले बताए।

यूनिभर्सल कलेज अफ मेडिकल साईन्सेस भैरहवाका डाक्टर तेजकुमार केसी,मदन थपलिया,सुदिप चौधरी,विवेक केसी,लगायतका टोलीले स्वास्थ्य शिविरमा आएका बिरामीको चेकजाँच गरि निःशुल्क आैषधी वितरण गरिएको र सो निःशुल्क स्वास्थ्य शिविरमा ४५५ जनाले स्वास्थ्य सेवा लिएको राष्ट्रिय युवा संघ नेपाल शुध्दाेधन १ का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। यु,क,अ,मे,सा,मा कार्यरत मनोज गुप्ता राष्ट्रिय युवा संघ जिल्ला सदस्य हेमन्त थापा,लगायतले शुभकामना मन्तव्य दिएका थिए।राष्ट्रिय युवा संघ नेपाल शुध्दाेधन गापा अध्यक्ष कृष्ण अर्यालको स्वागतमा र राष्ट्रिय युवा संघ नेपाल गाउँ कमेटी सचिव बिशाल रानाको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।