शनिबार, २१ असार २०८२ ०५:१३

लुम्बिनीमा १५ शय्याको अस्पताल शिलान्याश

आईतवार, २९ फाल्गुन २०७८ १५:४१

लुम्बिनी, सुवास पुन
लुम्बिनीमा १५ शौयाको अस्पतालको शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ।नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले एक कार्यक्रमका बीच लुम्बिनी साँस्कृतिक नगरपालिका ६ को तेनुहवामा १५ शैयायुक्त अस्पतालको शिलान्यास गरेका छन्।
निर्माण हुन लागेको अस्पतालले लुम्बिनी क्षेत्रका जनतालाई सहज रुपमा स्वास्थय सेवा उपलब्ध गराउने बताउदै उक्त अस्पतालको निर्माण कार्य छिट्टैनै सकिने कुरामा जोड दिनुभयो। फरक प्रसङ्गमा बोल्दै गृहमन्त्री खाडले एम.सि.सि.को बारेमा फैलाईएको अपवाह पछि नलाग्न सबैमा आग्रह गरे।उनले भने,”एम सि.सि.ले नेपालमा अमेरिकि सेना होइन सडक पुर्वाधार र विद्युत विकासको खाका लिएर आउँछ,बजारमा फिजाइएको हल्ला पछाडि कसैलाई पनि नलाग्न म अनुरोध गर्दछु।”

लुम्बिनीमा बन्न लागेको अस्पताल सरकारको एक पालिका एक अस्पताल नीति अनुरुप बन्न लागेको हो।कार्यक्रममा लुम्बिनी गार्डेन फाउण्डेसन स्पेनका संस्थापक उपाध्यक्ष गोबिन्द सुवदी,प्रेस युनियन नेपालका अध्यक्ष बद्री सिग्देल,लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली काग्रेस लुम्बिनी प्रदेशका प्रमुख सदस्य फकरुदिन खान, लुम्बिनी प्रदेशका युवा तथा शिक्षा मन्त्री वसीउद्दिन खान लगायतले आफ्ना भनाईहरु राखेका थिए।
कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिका का मेयर मनमोहन चौधरीको अध्यक्ष्यता,लुम्बिनी साँस्कृतिक नगरपालिका का कार्यकारी प्रमुख भुपेन्द्र पाण्डेको स्वागत मन्तव्य तथा नगरपालिकाका स्वास्थय शाखा प्रमुख धुर्व घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Gagal mengambil konten.