शनिबार, ६ बैशाख २०८२ १७:३६

शुद्दोधन-२ मा ने.क.पा. एमालेको प्रचारप्रसार कार्यालय उद्घाटन, ५४ जना पार्टी प्रवेश

आईतवार, ६ चैत्र २०७८ १५:३१

हेल्लो नेपाल संवाददाता, शुद्दोधन

रुपन्देहीको शुध्दाेधन गाउँपालिका वडा न.२ मा नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रचारप्रसार कार्यलयको उदघाटन गरेको छ।

उद्घाटन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा ५४ जना पार्टी प्रवेश गरेका छन्। कार्यालयको नेकपा एमाले केन्द्रिय अनुशासन आयोग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी चौधरीले उद्घाटन गर्दै आउदो निर्वाचनमा पार्टीलाई विजय गराउनका लागि विभिन्न वडामा चुनावी माहोल सृजना गर्नु पर्नेमा जोड दिएका थिए।यश पार्टीलाई विश्वास गरेर पार्टी प्रवेश गर्नुभएका सबैलाई शुभकामना दिदै नेकपा एमाले देशकै एक निर्विकल्प पार्टी रहेको उल्लेख गरेका थिए ।

अब गाउँ गाउँ टोल टोल सम्म पार्टीको नेतृत्वले देशलाई दिएको योगदानको बारेमा जानकारी गराउनुपर्ने बताएका थिए। जिल्ला सदस्य तथा गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले समृद्ध नेपाल सुखी नेपालीकाे मुलमन्तर लाई नेकपा एमालेले सधै जपिरहने बताए अबको आउदो निर्वाचनमा सबैले आफ्नो आफ्नो स्थानबाट महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उक्त कार्यक्रममा नेकपा एमाले पार्टी रुपन्देही सदस्य तथा क्षेत्र न .३ संयोजक नरबहादुर घर्ती,नेकपा एमाले शुध्दाेधन गाउँ पालिका कमेटीका अध्यक्ष विष्णु गौतम, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा नेकपा एमाले पालिका सचीव राजेन्द्र कडेल,नव प्रेवेशिक रामु तेली,नेकपा एमाले शुद्दोधन सचिवालय सदस्य कमलराज काफ्ले,लगायतले शुभकामना मन्तब्य दिएका थिए। नेकपा एमाले शुगापा २ वडा कमेटीका अध्यक्ष दुर्गा खनालको अध्यक्ष्ातामा र नेकपा एमाले केन्द्रिय अनुशासन आयोग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी चौधरीकाे प्रमुख्यातामा र नेकपा एमाले शुगापा २ वडा कमेटी उपाध्यक्ष होमबहादुर केसीको स्वागतमा नेकपा एमाले शुगापा २ वडा कमिटि सचिव जगत बहादुर सापकोटाको संचालनमा सो कार्यक्रम भएको थियो।