शनिबार, ६ बैशाख २०८२ १७:२९

नेविसंघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले गरे पदभार ग्रहण

शुक्रबार, ११ चैत्र २०७८ १४:३२

काठमाण्डौ- नेविसंघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले पदभार सम्हाल्नुभएको छ ।

शुक्रबार नेविसंघ कार्यालयमा पूर्वअध्यक्ष राजीव ढुँगानाले एक कार्यक्रमकाबीच शेर्पालाई पदभार हस्तान्तरण गर्नुभएको हो । पदभार ग्रहण गरेपछि अध्यक्ष शेर्पाले पार्टीले दिएको म्यान्डेड अनुसार निर्वाचन सकिएको तीन महिना भित्र संगठनको १२ औं महाधिवेशन गर्ने बताउनुभयो । बिद्यार्थी राजनीतिमा गुमेको विश्वासलाई फर्काउन आफुले पहल गर्ने उहाको भनाई छ ।

त्यस्तै उहाले आफ्नो कार्यकालमा कुनै पूवाग्रह नराखि संगठनलाई विस्तार र बलियो बनाउने दावी गर्नुभयो ।

कांग्रेसले बुधबार शेर्पालाई नेविसंघको अध्यक्ष नियुक्त गरेको गरेको हो ।