पेशागत हकहितको संरक्षण गर्न प्रतिवद्ध छु-बरिष्ठ अधिवक्ता बिष्णुमणि अधिकारी

काठमाण्डौ- नेपाल बार एशोसिएशनको चैत १९ गते हुने निर्वाचनका लागि प्रगतिशिल तथा पेशागत कानून व्यवसायी समुहकातर्फबाट अध्यक्ष पदका उम्मेद्वार बरिष्ठ अधिवक्ता बिष्णुमणि अधिकारीले पेशागत हकहितको संरक्षण गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत प्रतिवद्धता एवं दृष्टिकोण सार्वजनिक गर्दै अधिकारीले न्यायपालिकालाई विकृति, विसंगती, भ्रष्टाचारमुक्त र स्वच्छ न्यायपालिकाको प्रतिवद्धता जनाउनुभयो । उहाले आफ्नो समूह व्यवसायीक र प्रगतिशिल सोच राख्ने पेशागत कानून व्यवसायीको समूहलाई प्रतिनिधित्व गर्ने र राजनीतिक स्वार्थ भन्दा टाढा रहेको धारणा राख्नुभयो । उहाले कसैलाई पनि हिनताबोध गर्न नपर्ने गरि व्यवसायमा लाग्न संस्थागत व्यवस्थाको पक्षमा आफ्नो समूह क्रियाशिल हुने दावी गर्नुभयो ।
उक्त प्यानलबाट महासचिव पदमा अधिवक्ता केदार प्रसाद कोइराला, कोषाध्यक्ष जगत बहादुर कार्की लगाएत छन् ।