शनिबार, ६ बैशाख २०८२ १७:३३

नेकपा एमाले रुपन्देहीले चैत्र २६ गते उमेदवारको छनौट गर्ने तयारी

बुधबार, २३ चैत्र २०७८ १४:२५

चैत्र २३, बुटवल ।
नेकपा एमाले रुपन्देहीले चैत्र २६ गते जिल्लाको १६ वटै पालिका अन्तर्गतका वडाहरुमा वडा अध्यक्ष तथा सदस्य पदका उमेदवारको छनौट गर्ने भएको छ ।

पार्टी जिल्ला कमिटीको तेश्रो पुर्ण वैठकले २८ गते सम्ममा प्रस्तावित उमेदवारको नाम जिल्लामा पठाउने गरि निर्णय गरेको जिल्ला कमिटीका सचिव यज्ञ गैरेले बताए ।

वैठकले वैशाख ९ गते प्रत्येक पालिका कमिटीले घोषणा- पत्र तथा प्रतिवद्धता सार्वजनिक गर्ने, पार्टीका तर्फबाट जनप्रतिनिधि जितेका पालिकामा पाच वर्ष भित्र गरिएका कामहरु तथा संघ र प्रदेशका तर्फबाट भएका कामहरु जनताको विचमा लैजाने वैठकले निर्णय गरेको छ ।
त्यसै गरि स्थानीय तहको निर्वाचन सम्पन्न गर्न ११ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको वैठकले निर्वाचन अभियान संगै पार्टी सदस्यता नविकरण तथा नया सदस्यता विस्तार अभियानलाई तिव्र पार्ने निर्णय गरेको छ ।
वैठकमा बोल्दै प्रमुख अतिथी पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज छविलाल विश्वकर्माले रुपन्देहीको १६ वटै स्थानीय तहमा नया ईतिहास कोरिने गरि पार्टी काममा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । एमाले प्रति बढदै गएको जनलहरले पनि एमालेको विजयलाई सुनिश्चित गरेको विश्वकर्माले दावी गरे ।

वडा तथा पालिकाको उमेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत रुपमा सहमति कायम गर्नु पर्नेमा जोड दिदै उहाले प्रतिस्पर्धाको नाममा कोही पनि गलत ढंगले प्रस्तुत हुन नहुने वताए ।

पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा भएको वैठकमा पार्टी केन्द्रीय सदस्य तथा रुपन्देही सह- ईन्चार्ज शिव सुवेदी, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेल लगायतले बोलेको थिए ।