शनिबार, १३ बैशाख २०८२ ०५:२०

९ जनामा कोरोना संक्रमण पुष्टि,निको हुनेको संख्या ९ लाख ६७ हजार ९१ जना

मंगलवार, १७ जेष्ठ २०७९ १३:३८

जेठ–१७,हेल्लो नेपाल ।
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८५ पिसिआर परिक्षणका क्रमा ८ जना र ९ सय ६२ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९१ जना निको भएका छन् ।

हाल ९७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।