शुद्धोजन जेसिजले गर्यो कर तथा आर्थिक मन्दिका बिषयमा अन्तरक्रिया

जेठ २७
शुद्धोधन शुद्धोधन जेसिजको आयोजनामा कर तथा आर्थिक मन्दिका बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।
शुद्धोधन जेसिजले जेठ २४ गते देखि ३१गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरि मनाईरहेको जेसिज सप्ताहको चौथो कार्यक्रमको रुपमा कर तथा आर्थिक मन्दिका बिषयमा अन्तर्कृया सम्पन्न गरेको हो । शुद्धोधन गाउँपालीका, सियारी गाउपालीका तथा बुटवल उपमहानगर पालीकामा रहेका उद्योगी ,व्यवसायी ,व्यापारी ,संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहेको कार्यक्रममा गरिमा बिकास बैंक केन्द्रीय कार्यालयका एकाउन्ट तथा फाईनान्स डिपार्टमेन्टका सिए तथा चम्पापुर जेसिज बर्ष २०२२ अध्यक्ष केशब तिमिल्सिनाले सहजीकरण गर्नुभएको थीयो।


शुद्धोधन जेसिज बर्ष २०२२ अध्यक्ष मुकेश कुँवरको अध्यक्षता , शुद्धोधन पुर्व अध्यक्ष चुडामणी डुम्रे , निवर्तमान अध्यक्ष रामजी पौड्याल , मुल कार्यक्रम संयोजक रमेश गौतम ,को आतिथ्यतामा सम्पन्न कर तथा आर्थिक मन्दिका बिषयमा अन्तर्कृया कार्यक्रम गरिमा बिकास बैंक फर्साटिकर शाखाको आर्थिक सहयोग , जेसि यज्ञराज आचार्यको संयोजनमा सम्पन्न भएको थियो।