शनिबार, ६ बैशाख २०८२ १७:३१

अनधिकृत व्यक्ति मार्फत करको दरमा हेरफेर गरिएको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीको जवाफ माग

सोमबार, ३० जेष्ठ २०७९ ०७:१८

जेठ–३०,हेल्लो नेपाल ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति मार्फत करको दरमा हेरफेर गरिएको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीको जवाफ माग गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुमै एमालेका सांसद योगेश भट्टराईले करको दर परिवर्तन गर्दा अनधिकृत व्यक्तिलाई प्रयोग गरिएको समाचार सञ्चार माध्यममा आएको भन्दै यस बिषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभएको हो ।

सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याड लगायतका सामग्रीमा कर वृद्धि गरिएको र अनधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम दिन प्रवेश गराइएको आरोप लगाउनुभयो । पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनियता भंग गरिँदैन भन्ने शपथ खाने गरेको भन्दै अर्थमन्त्रीले राष्ट्रघाती कदम चालेको जिकिर गर्नुभयो ।

उहाँले अन्धाधुन्ध रुपमा करको दायरामा गरिएको हेरफेरले मुलुकका स्वदेशी उद्योगहरु धरासयी अवस्थामा पुगेको बताउनुभयो ।