शनिबार, ६ बैशाख २०८२ २२:१६

मानव धर्म सेवा समितिको योग शिविर समापन

आईतवार, १२ असार २०७९ ०२:३०

असार ११, बुटवल

नेपाल मानव धर्म सेवा समिति द्वारा सञ्चापलत योग प्रशिक्षण शिविर शनिबार समापन भएको छ ।

हंसयोग आश्रमको आयोजना एवम विश्व शान्ती तथा अध्यात्म समाज नेपालको विशेष सहयोगमा आयोजित शिविर समापन मानव धर्म सेवा समिती बुटवलको प्रमुख महात्मा अम्बिका बाइजीको अध्यक्षतामा भएको हो ।

असार ७ गते विश्व योग दिवसको अवसरमा सञ्चालित शिविरको समापन समारोह विश्व शान्ती तथा अध्यात्मिक समाज नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अमुल्यमान थैब , बुटवल नगर अध्यक्ष निरन्जन पाण्डे एवम मानव धर्मका पदाधिकारीहरुको उपस्तिथिमा भएको थियो । ५ दिन को प्रशिक्षण शिविर मा करिब २०० जना योग सिक्नेहरुको सहभगिता रहेको थियो ।