लुम्बिनी प्रदेशको विनियोजित १० लाख बढी रकम फिर्ता: प्रदेश युवा सन्जालले गर्यो विरोध

साउन १
लुम्बिनी प्रदेश युवा सन्जालले नमुना प्रदेश सभा संचालनका लागि विनियोजित रकम फिर्ता भएपछि लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।
संजालले एक प्रेस विज्ञप्ति जारी गर्दै हजारौं युवाहरु लाभान्वित हुने कार्यक्रम बिना सञ्चालन फिर्ता हुनु दुःखद भएको जनाएको छ ।प्रेस विज्ञप्तिमा कोभिड महामारीका बिचमा सन्चालन भएको नमुना प्रदेश सभा अभ्यास कार्यक्रम गठन हुनु पुर्ब नै बिनियोजित बजेट १० लाख भन्दा बढी रकम फिर्ता हुँदा राज्य सन्चालन प्रणाली र नीति निर्माण प्रक्रियाको ज्ञान हासिल गरेर नेतृत्व क्षमता बिकास गर्ने अवसर गुमेको अध्यक्ष मनोज भण्डारीले जानकारी दिएको छ ।
प्रदेश युवा परिषदमा कार्यकारी उपाध्यक्ष समेत नियुक्त भैसकेको अवस्थामा उक्त बजेट फिर्ता हुँदा लुम्बिनी प्रदेशका जिल्ला, पालिकाहरुका पुर्ब नमुना सभासद तथा युवा परिषद् मातहतका क्लब र सन्जालले सहजीकरण र सहयोग गर्न तयार रहेको सरोकारवालालाई जानकारी गराउँदा समेत पुर्बाग्रह र बेवास्ता गरी बजेट फिर्ता पठाएको परिषद्ले आरोप लगाएको छ ।