शनिबार, ६ बैशाख २०८२ २२:१२

ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने पक्राउ

आईतवार, ८ श्रावण २०७९ १४:०१

साउन–७,हेल्लो नेपाल ।
प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका –२,जानकी नगर स्थित एक कल सेन्टरमा छापा मारेको छ । प्रहरीले आईतवार गोप्य सुचनाका आधारमा उक्त कल सेन्टरमा अवैध काम हुने गरेको सूचना पाएपछि छापा मारेको हो ।

चिनियाँ र भारतीय नागरिकको लगानीमा ४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय वटा भन्दा बढी कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पार्ने गरेको प्रहरीले जनाएको छ ।

कल सेन्टरबाट सर्वसाधारणको मोबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाईएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताउनुभयो ।

प्रहरीले उक्त कल सेन्टरका सञ्चालक सहित सोही कल सेन्टरमा काम गर्ने १५० जना युवा–युवतीलाई नियन्त्रणमा लिएको छ ।