शनिबार, ६ बैशाख २०८२ २२:१२

एकै दिनमा ८ सय १५ जनामा कोरोना संक्रमण ,५ जनाको मृत्यु

बिहीबार, २६ श्रावण २०७९ ११:००

साउन–२६,हेल्लो नेपाल ।
नेपालमा थप ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ४ सय ११ पिसिआर परिक्षणका क्रममा ४ सय ६५ जना र २ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै कोरोनाका कारण थप ४ सय ७६ जनाको निको हुँदा हालसम्म नेपालमा ९ लाख ७४ हजार २ सय ९५ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ८ सय ६९ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।