पर्वतारोहणका लागि हिमाल क्रमशः खुला हुन्छ-मन्त्री श्रेष्ठ

साउन २९,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्वतारोहणका लागि हिमाल क्रमशः खुला गर्ने बताउनुभएको छ ।
नेपाल पर्वतारोहण सङ्घको वार्षिक साधारणसभाको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले आरोहणका लागि हाल खुला गरिएकाबाहेक थप हिमाल तथा चुलीहरु खुला गर्दै जाने सरकारको नीति रहेको बताउनुभएको हो । देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने पर्यटन विदेशी मुद्रा आर्जनका साथै रोजगार सिर्जना गर्ने माध्यम बनेको उहाँको भनाइ छ । उहाँले साहसिक पर्यटनको विकास गर्दै नेपाललाई विश्वको पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो । उहाले मुलुकको पर्यटन क्षेत्रलाई चलाएमान बनाउन सरकारले अघि सारेको कार्ययोजनालाई पुरा गरेरै छाड्ने बताउनुभयो ।
कार्यक्रममा पर्यटन मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नेब ताउनुभयो ।