शनिबार, ६ बैशाख २०८२ २२:१५

सियारी-४ प्रसौनीमा वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कार्यक्रम सम्पन्न

शुक्रबार, २४ भाद्र २०७९ १५:४२

भाद्र २४

युनिक कृषि तथा मत्स्य पालन समुह – सियारी ४ प्रसौनी को सहकार्य र कृषि बिकास बैंक लि दयानगर शाखाको आयोजनामा सियारी ०४ प्रसौनीमा वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

आधुनिक तरिकाले पैसा को प्रयोग गर्न सीप र ज्ञानको विकास , मानिस मा असल बितिया ब्यावहार को बिकास, अल्पकालीन, दिर्घकालिन र मध्यकालीन लक्ष्यहरू को योजना बनाउन सिकाउने जस्ता विभिन्न उद्देश्य ले यो कार्यक्रम सञ्चालन भएको र यस समुहको थप कार्यक्रम का लागि प्रशिक्षक को रुपमा कविता देवकोटालाई जिम्मेवारी दिइएको छ। त्यस्तै,यस कार्यक्रम ले महिलाहरु मा बितिया सुरक्षा तथा बितिय मापदण्ड को सहि तरिकाले परिपालन गरि बितिय रुपमा महिलाहरुलाई सबल बनाउने र अगामी दिनहरूमा यस मत्स्य समुह ले थप कार्यक्रम ल्याउने र महिलाहरुलाई यस क्षेत्रमा अझ बढी सबल बनाउने बिशेष लक्ष्य रहेको मत्स्य समुह का अध्यक्ष रत्ननगर त्रिपाठी ले जानकारी दिनुभयो ।

कार्यक्रममा कृषि विकास बैंक लिमिटेड दयानगर शाखा कार्यालय का शाखा प्रमुख श्री गणेश श्रेष्ठ,युनिक कृषि तथा मत्स्य पालन समुह का अध्यक्ष रत्ननगर त्रिपाठी, कोषाध्यक्ष गिता कुमारी त्रिपाठी , सचिव गिता कुमारी देवकोटा , सदस्य ज्योति घिमिरे लगायत अन्य सदस्य तथा ब्यक्तिहरुको बिशेष उपस्थिती रहेको थियो भने उक्त कार्यक्रम कृषि बिकास बैंक लि का गोपाल सि डी मार ले सञ्चालन गर्नुभएको थियो।

Enter