शुक्रबार, २७ असार २०८२ १४:१३

देवदह टाइम्स बुलेटिन बिमोचन

बिहीबार, ३ कार्तिक २०७९ १३:२८

देवदह । देवदह गुराँस मिडिया प्रा.लि. द्वारा प्रकाशित मासिक बुलेटिन देवदह टाइम्स को एक कार्यक्रममा बीच बिमोचन गरिएको छ।

मंगलबार देवदह गुराँस मिडिया प्रा.लिले विजया दशमी,शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी उक्त पुस्तक बिमोचन गरेको हो।

कार्यक्रम माथी प्रकाश पार्दै संस्थाका प्रबन्ध निर्देशक निर्मल (एसपी) थापाले बुलेटिनमा बिचार,बिष्लेषणात्मक,जानकारी मुलक र जनतालाई सुसूचित गराउने खालका सामाग्रीलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । पहिलो अंकमा राख्नुपर्ने धेरै बिषयबस्तु छुटेको र आगामी अंकहरुमा छुटेका सामाग्रीलाई समेट्ने बताउनुभयो । साथै पुस्तकमा राखिएको सन्देश मुलक सूचना सामाग्री बाट प्राप्त रकमको ५ प्रतिशत रकम नौ रुपा स्मृति अक्षकोषमा राखिने समेत निर्देशक थापाले जानकारी दिनुभयो ।

बिमोचन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रेम थापा मगरले पुस्तकमा स्वास्थ्य,शिक्षा पर्यटन,साहित्य, पूर्वाधार लगायतका सामाग्री समेटिएको बताउनुभयो ।बुलेटिनलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने बताउँदै मिडियाले निष्पक्ष ढङ्गले आम जनतालाई सुसूचित गराउनु पर्नेमा जोड दिनुभयो । अध्यक्ष थापाले श्रमजीवी पत्रकारको हक हित र अधिकारको पक्ष आफूले निरन्तर आवाज उठाउदै आएको बताउदै आफु सधै श्रमजीवी पत्रकारको पक्षमा नै काम गर्ने बताउनुभयो ।

कार्यक्रममा शुभकामना तथा सुझाब राख्दै सेतोमसी मिडियाका सम्पादक बिष्णु प्रसाद पोखरेलले मिडियाले समाजमा रहेका बिषय बस्तुको यथार्थ रुपमा चित्रण गर्नुपर्ने बताउनुभयो । मिडियाले उठाउने बिषय बस्तु राष्ट्रिय स्तर तथा स्थानीय तहमा बहसको बिषय बन्न सक्ने गरि उठाउनुपर्ने पोखरेलको भनाई थियो।

कार्यक्रममा गुराँस मिडियाका सम्पादक एलबी सर्बुजा,पत्रकार मीन राना र रेशम अधिकारी लगायतले बोल्दै सुझाव तथा निरन्तरताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष प्रेम थापा मगरको अध्यक्षता तथा सचिव प्रीतम कुमार थापाको संचालनमा सम्पन्न भएको थियो।

Gagal mengambil konten.