शुद्धोधन गाउँपालिका वडा नं.४ कार्यालयले सुनौलो १००० दिनका आमाहरुलाई पौष्टिक आहार वितरण

असार–२८ । शुद्धोधन गाउँपालिका वडा नं.४ कार्यालयले सुनौलो १००० दिनका आमाहरुलाई पौष्टिक आहार वितरण सहितको सम्मान कार्यक्रमे सम्पन्न गरेको छ ।
सोमबार वडा कार्यालयले शुद्धोधन गाउँपालिकाको सुनौलो १००० दिनका आमाहरुलाई पौष्टिक आहार कार्यक्रम अन्र्तगत सुनौलो १००० दिनका आमाहरुलाई पौष्टिक आहार वितरण सहितको सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

गाउँपालिकाले सुनौलो १००० दिनका आमाहरुलाई पौष्टिक आहार वितरण गर्ने कार्यक्रम हरेक वडामा २४ जनालाई रहेपनि वडा नं.४ मा ३७ जनाको सिफारिस आएकाले कसैलाई फिर्ता नपठाउने उद्धेश्यले वडाकै समन्वयनमा ३७ जनालाई नै पौष्टिक आहार दिएको वडा अध्यक्ष राजेन्द्र कडेँलले बताउनुभयो ।
गाउँपालिकाले वडामा आएका सिफारिसमा आधारमा २४ जना १००० दिनका आमाहरुलाई पौष्टिक आहार दिदै आएको छ ।