बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि

मंसिर–२१,हेल्लो नेपाल ।
नेपालमा बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ सय ३ जनाको पीसीआर र ८ सय ८० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन भने थप १६ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ७२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।