आईतवार, ७ बैशाख २०८२ ०३:०४

पाल्पाको निस्दी गाउँपालिकाका वडाध्यक्ष न्योबहादुर सुनारीको मृत्यु

मंगलवार, २९ असार २०७८ १४:४९

असार–२९ । पाल्पाको निस्दी गाउँपालिकाका वडाध्यक्ष न्योबहादुर सुनारीको मृत्यु भएको छ । लामो समयदेखि कलेजोको समस्याबाट प्रताडित सुनारीको ५२ वर्षको उमेरमा निधन भएको हो ।

कलेजोको समस्याबाट ग्रसित सुनारीलाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान मेडिकल कलेजमा भर्ना गरिएको थियो । वडाध्यक्ष सुनारीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा सोमबार मध्यरातमा निधन भएको हो ।

नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका सुनारीका श्रीमती, एक छोरा र दुई छोरी छन्।