मंगलवार, १७ असार २०८२ २१:५६

नेपालका सजल शर्माले जिते सांस्कृतिक पहिरन अवार्ड

शनिबार, १३ फाल्गुन २०७९ १३:३१

११ फागुन, कञ्चन

फिलिपिन्सको मलिनामा यही फेब्रुअरी १८ मा भएको लिटिल एण्ड टिन्स ग्लाम इन्टरनेश्नल सिजन ६ मा नेपालगञ्जका सजल शर्माले सब टाइटल अन्तर्गत साँस्कृतिक पहिरन अवार्ड जितेका छन्।

विभिन्न १८ देशका ४० जना प्रतियोगीहरुलाई पछाडी पार्दै नेपालको तर्फबाट प्रतियोगितामा सहभागी भएका नेपालगञ्जका सजल शर्माले उक्त अवार्ड जितेका हुन्। युनाइटेड एजुकेश्नल एकेडेमी, नेपालगञ्जमा कक्षा ९ मा अध्ययनरत शर्माले उक्त अवार्ड बाहेक उत्कृष्ट रिसोर्ट वेयर, उत्कृष्ट फोटोजेनिक अवार्ड समेत जितेका छन। शर्माले ती अवार्डहरु जितेसंगै १ बर्षका लागि लिटिल एण्ड टिन्स ग्लाम इन्टरनेश्नल शोका लागि अन्तराष्ट्रिय एम्वास्डर समेत प्राप्त गरेको मजेस्टिक ग्रुप इन्टरटेन्मेन्टका डाइरेक्टर मञ्जेस गिरीले जानकारी दिनु भएको छ।

गुसी इभेन्ट म्यानेजमेण्टको आयोजनामा सम्पन्न अण्डर १४ को प्रतिनिधित्व गर्दै नेपालको तर्फबाट मिस्टर टिन गाल्म इनटरनेश्नल प्रस्पिर्धामा सहभागिता जनाएर नेपाल र नेपालीको कला संस्कृति र परम्परागत भेषभुषाको प्रचार गरेको हुन्।

Gagal mengambil konten.