मंगलवार, १७ असार २०८२ २१:५२

खराब सामग्रीहरु हटाउन ट्विटरलाई २८ दिने चेतावनी

बिहीबार, ७ असार २०८० ०४:३५

एजेन्सी । अस्ट्रेलियाले खराब सामग्रीहरु तत्काल हटाउन माइक्रो ब्लगिङ साइट ट्विटरलाई २८ दिने चेतावनी दिएको छ।
ट्विटरबाट सार्वजनिक भएका विषाक्तता तथा घृणायुक्त सामग्री २८ दिनभित्र सफा गर्न अस्ट्रेलियाको इन्टरनेट सुरक्षा निगरानी संस्थाले निर्देशन दिएको हो।

तोकिएको मितिभित्र त्यस्ता सामग्री नहटाइए जरिवाना गरिने चेतावनी अस्ट्रेलियाली संस्थाले दिएको छ। गत वर्ष विश्वकै सबैभन्दा धनी तथा स्वच्छन्द व्यक्ति एलोन मस्कले किनेपछि ट्विटर अस्ट्रेलियामा सरकार तथा आम सरोकारवाला निकायविरुद्ध गुनासो गर्ने प्लाटफर्म बनेको छ।

अस्ट्रेलियाले यसअघि प्रतिबन्ध लगाएका ६२ हजारभन्दा बढी अकाउन्ट मस्कले खोलिदिएपछि अस्ट्रेलिया ट्विटरविरुद्ध आक्रोशित बनेको हो।

यी अकाउन्ट नाजी व्यवस्थाको पक्षपोषण गर्ने तथा सरकारी निकायविरुद्ध घृणा फैलाउने व्यक्तिसँग सम्बन्धित रहेको अस्ट्रेलियाको आरोप छ।

Gagal mengambil konten.