वर्तमान सरकार स्वार्थमा अडिएको छ -अध्यक्ष ओली
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका बिषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन् । बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले जलहरी बिषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसा मात्रै दिने काम गरेको भन्दै अन्य बिषयमा आफ्नो कुनै सरोकार नभएको ठोकुवा गरे ।
अध्यक्ष ओलीले संसदमा एमालेलाई बद्नाम गर्न कसैले यो बिषयलाई उचालेको बताउदै उनले पशुपतिमा कसैले सुन नै खाएको भएपनि त्यो आफ्नो सरोकारको बिषय नभएको उल्लेख गरे । ओलीले उद्घाटन र शिलान्याश गर्नेको नाम राख्नु कुनै नौलो कुरा नभएको बताए ।
ओलीले वर्तमान सरकार स्वार्थसंग अडिएको बताउदै देश र जनताको बारेमा यो सरकारले कुनै काम नगर्ने जिकिर गरे । अध्यक्ष ओली धान दिवसमा सहभागी हुन चितवन पुगेका हुन् ।