चाडपर्वलाई लक्षित गरि नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम

नगेन्द्र केसी शुद्धाेधन
रुपन्देही रुपन्देहीकाे ईलाका प्रहरी कार्यालय छपियाकाे आयोजनामा हर प्रहर, गाउँ र नगरी । टोल टोलमा नेपाल प्रहरीकाे मुल मन्त्रकाे साथ समुदाय र प्रहरी साझेदारीमा नागरिक सुनुवाई कार्यक्रम मंगलबार शुद्धाेधन ४ फर्साटिकर रिद्धिसिद्धी पार्टी प्यालेसमा एक समारोहबीच सम्पन्न भएको छ।

आउदै गरेको हिन्दु हरुको महान चार्ड बडा दशै,शुभ दिपावली,छड् पर्वमा हुने दुर्घटना नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय छपियाले नागरिक सुनवाई कार्यक्रम अनौपचारिक रुपमा गरिएको थियो।इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक लोक बहादुर जि.सीकाे संयोजकत्वमा र शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्यगरि नागरिक हरुको प्रहरीप्रति सुझाव र गुनासोलाई समेट्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।कार्यक्रममा सहभागीहरुले गुनासो टिप्पणी तथा सुझाव व्यक्त गरेका थिए।शुद्धाेधनमा बढ्दो दुर्घटना कार्यक्रमको मुख्य छलफलको विषय बनेको थियो । यस्तै बजार व्यवस्थापन, अस्थायी प्रहरी बिट र लागू पदार्थ दुर्व्यसनको बारेमा पनि सहभागीहरुले आफ्नो मत व्यक्त गरेका थिए।सबैको प्रश्नको उत्तर दिदै इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक लोक बहादुर जि.सी ले सडक दुर्घटना न्युनीकरण पहिलो प्राथमिकता भएको बताए । प्रहरीलाई घटना अनुसन्धान सघाउन पनि आग्रह गर्नुभएको थियो।शुद्धाेधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले यस इलाका प्रहरी कार्यालय छपियाले चाडपर्वलाई लक्षित गरि नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम गरेकोमा धन्यवाद दिदै शान्ती सुरक्षा प्रत्याभुतीको लागि सार्वजनिक र निजि क्षेत्र मिलेर अगाडी बढ्नु पर्नेमा जोड दिदैं व्यवसायीहरु पनि आफ्नो सुरक्षाको विषयमा आफु पनि चनाखो हुनुपर्ने बताउनु भयो।सो कार्यक्रममा शुद्धोधन ४ का कार्यवाहक अध्यक्ष तथा वडा सदस्य टोल प्रसाद राना, वडा नं ५ का अध्यक्ष चन्द्रभान चौधरी, ६ का अध्यक्ष उपेन्द्र सहानी, वडा नं ७ का वडा सदस्य,पालिकाका विभिन्न टोल विकास संस्थाका प्रतिनिधि,विभिन्न राजनीति दलका प्रतिनिधि,बुद्धिजीवी,स्थानीयवासी हरुकाे उपस्थिति रहेको थियो।कार्यक्रमको सचालन इलाका प्रहरी कार्यालय छपियाका असई कविराम सेन्चुरीले गर्नुभएको थियो।