मंसिर १५ देखि प्रथम देवदह कप प्रतियोगिता हुने
बुटवल । मंसिर १५ देखि १७ गतेसम्म प्रथम देवदह मिडिया कप(२०८० प्रतियोगिता हुने भएको छ । देवदह प्रेस क्लवले आयोजना गर्ने प्रतियोगिताबारे सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
प्रतियोगितामा प्रथम हुने बिजेतालाई ५१ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र, उपबिजेतालाई ३१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने मूल आयोजक समितिका संयोजक विष्णुप्रसाद पोख्रेलले बताए ।
ूस्वास्थ्य र स्वस्थ पत्रकारिताका लागि खेलकुदू भन्ने मूल नारासहित आयोजना गरिएको प्रथम देवदह मिडिया कप लुम्बिनी प्रदेश र सम्भवतः देशकै हालसम्मको ठूलो पुरस्कार राशीको ूमिडिया कपू हुन लागेको आयोजकको दाबी छ ।
१२ वटा टिमले सहभागीता जनाउने अपेक्षा आयोजकको रहेको छ । देवदहको पानबारी खेलमैदानमा सञ्चालन हुने प्रथम देवदह मिडिया कप खुल्ला नकआउट ७ ए साइट फुटबल प्रतियोगितामा सहभागी हुन विभिन्न प्रकारका सर्तहरु राखिएको छ ।
लुम्बिनी प्रदेशका विभिन्न मिडियाहरुमा कार्यरत सञ्चारकर्मीबीच थप मैंत्रीपूर्ण सम्बन्ध स्थापीत गर्न, पत्रकारहरुको स्वास्थ्यसँगै स्वस्थ्य पत्रकारितामा योगदान गर्ने र गौतमवुद्धको मावली ऐतिहासिक देवदह क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने उद्देश्यले मिडिया कपको आयोजा गरिएको मूल आयोजक समितिका सहसंयोजक पवन पौडेलले बताए ।
प्रतियोगितामा टिम दर्ताको लागि सञ्चारकर्मी आबद्ध सञ्चारसंस्थाको अनुरोध पत्रको सक्कलप्रति र पत्रकारको परिचयपत्रको प्रतिलिपी अनिवार्य हुनुपर्ने, प्रदेश बाहिर रहेका क्रियाशील पत्रकार एवं सञ्चारकर्मीलाई सहभागी नगराईने यद्यपि त्यस्ताप्रकारका खेलाडी सहभागी भएको उजुरी परेमा उक्त टिमको दर्ता खारेज गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्बद्ध साझा संस्था नेपाल पत्रकार महासंघ, छाता संगठनहरु फोनिज, चलचित्र, शिक्षा, स्वास्थ्य, दलित, पर्यटन संसदीय मामिला आदि आधिकारिक दर्ता भएर जिल्लाभित्र विभिन्न पालिकामा क्रियाशील प्रेस संस्थागत टिमहरुलाई दर्ता गरिने बताईएको छ ।