शनिबार, ६ बैशाख २०८२ २३:१४

बुधबार २ हजार ८ सय ३८ जनामा कोरोना पुष्टि,३० जनाको मृत्यु

बुधबार, ६ श्रावण २०७८ १३:५४

साउन–६ । नेपालमा बुधबार थप २ हजार ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ७ सय १५ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय १८ र ३ हजार ९ सय १ एन्टीजेन परिक्षणका क्रममा ९२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २४ हजार ४५५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ३७ जनाले ज्यान गुमाएका छन् । त्यस्त्ै थप १ हजार ४ सय ७५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३६ हजार ४०२ संक्रमित निको भएका छन् ।

हाल नेपालमा २६ हजार ८३२ सक्रिय संक्रमित आइशोलेशन र ३०१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ९५ हजार ६९ पिसिआर र २ लाख ७४ हजार ८६२ वटाा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।