सियारीका सामुदायिक विद्यालयको एसइइ रिजल्ट : पव्लिक मावि सबैभन्दा अब्बल

सियारी । रुपन्देही सियारी गाउँपालिका ४ मा रहेको पव्लिक माध्यामिक विद्यालय शैक्षिक गुणस्तरमा अब्बल बन्दै गएको छ । सियारी गाउँपालिका भित्रका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट नतिजा दिदै आएको पव्लिक माविले यस बर्ष एसइइमा ६८ दशमलव ८ प्रतिशत बढी नतिजा ल्याउन सफल भएको छ ।
१६३ जनाले एसइइमा भाग लिएकोमा ११२ जनाले ग्रेड प्राप्त गर्दै झण्डै ६९ प्रतिशत रिजल्ट ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक डिलाराम खनालले जानकारी दिनुभयो । सियारी गाउँपालिका भित्र रहेका १० बटा सामुदायिक बिद्यालयको एसइइमा रिजल्टमा पनि पव्लिक माविको रिजल्ट सबैभन्दा माथि रहेको छ । एसइइमा भाग लिएका अन्य विद्यालयको रिजल्ट ६० प्रतिशत भन्दा कम रहेको छ ।
बिद्यालयका प्र.अ खनालका अनुसार बिद्यार्थीहरु भर्ना भएर नियमित रुपमा कक्षामा उपस्थित नहुने कारण विद्यालयले रिजल्ट सोचे अनुरुप ल्याउन नसकिएको बताउदै आगामि दिनमा रिजल्टलाई थप सुधार गर्दै जानकारी दिनुभयो ।
उहाँका अनुसार पव्लिकबाट एसइइ दिएका १६३ जना मध्ये १२ जना ३ दशमलव ६० देखि ४ जिपिए सम्म ल्याएर उत्तिण भएका छन् भने ३४ जनाले ३ दमलवब २० देखि ३ दशमलव ६० जिपिए ल्याएका छन् ।
सियारीमा रहेका सामुदायिक विद्यालय मध्ये पव्लिक मावि शैक्षिक गुणस्तर र भौतिक पुर्वाधारमा सबै भन्दा अब्बल विद्यालय हो ।