आईतवार, ७ बैशाख २०८२ ०३:०४

शुद्दोधनमा आगलागी हुँदा १ लाख रुपैयाँ बराबरको क्षति

शुक्रबार, ८ श्रावण २०७८ १५:४५

श्रावण-८ | रुपन्देही जिल्लाको शुद्धोधन-६ को बेलहियामा एक घरमा आगलागी भएको छ। गए राती १२ बजेको समयमा राधेश्याम लोधको पक्की घर अगाडि रहेको भान्साघरमा आगलागी भएको हो। बेलहिया निवासी रोधको घरमा रहेको खाद्यान्न,साइकल,लत्ताकपडा, भाँडाकुडा सहित आगलागीबाट घर पुर्ण रुपमा क्षति भएको हो । आगलागी बाट करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडाअध्यक्ष जय शंकर पाठकको भनाइ छ ।
बिहिबार मध्यरातमा भएको आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको र आगलागीको कारण भने अझै सम्म खुल्न नसकेको कुरा पिडित लोध परिवारले बताएका छन् ।